

सन् १९९० पछि छापा, श्रब्य दृश्य, एफ.एम रेडियो, अनलाइन, फोटोग्राफी र केवल टेलिभिजनको सञ्चालनका लागि प्रचुरमात्रामा सञ्चारगृहहरु खुल्न थाले । मिडिया टे्रनिङ सेन्टरले विभिन्न सञ्चारमाध्यमहरुलाई आवश्यक पर्ने जनशक्ति पूर्ति गर्ने प्रयास गर्नेछ ।
छापा - हाल बजारमा धेरै किसिमका दैनिक, साप्ताहिक, पाक्षिक र मासिक म्यागेजिन पत्रिकाहरु निस्किरहेका छन् । केहि निस्कने तयारीमा छन् ।
टेलिभिजन - टेलिभिजनको क्षेत्रमा, दश भन्दा बढि टेलिभिजन स्टेसनहरु पहिलेदेखि नै सञ्चालनमा छन् । र ठूलो संख्यामा कार्यक्रम उत्पादन गृहहरु छन्, जसले टेलिभिजनका लागि कार्यक्रम बनाउँछन् । तिनिहरुलाई दक्ष जनशक्तिको आवश्यकता रहेको छ ।
एफ.एम रेडियो - एफ.एम रेडियोको क्षेत्रमा, सरकारले २सय३९ वटा लाइसेन्स वितरण गरिसकेको छ । जसमध्ये १ सय३० वटा सामुदायिक रेडियो रहेका छन् । तिनिहरुलाई पनि दक्ष जनशक्तिको आवश्यकता छ । सामुदायिक रेडियो सहयोग केन्द्र, नेपाल वातावरण वातावरण पत्रकार समूहले केहि तालिमहरु सञ्चालन गरिरहेको छ ।सामुदायिक रेडियोको सञ्चालनमा संलग्न भएका सबैलाई, त्यो एक किसिमको सहयोग हो ।
केवल टेलिभिजन - केवल सञ्चालकले सबै भू-उपग्रह टेलिभिजनहरु सञ्चालन गरिरहेका छन् । नेपालका सबै ७५ जिल्लालाई यसले ओगटेको छ । तिनिहरुले नेपाल भरि सेवा पुर्याइरहेका छन् । तर तिनिहरुलाई दक्ष जनशक्तिको अभाव रहेको छ । मिडिया टे्रनिङ सेन्टरले स्थानीय मुद्दामा कार्यक्रम उत्पादन गर्नमा सहयोग गर्नेछ ।
फोटोग्राफी - एउटा तस्विरले हजारौ शब्द भन्न सक्छ, सेन्टरले फोटो पत्रकारिताको प्रबर्धन गर्नेछ । नेपाल वातावरण पत्रकार समूहले विभिन्न संस्थाहरुको सहयोगमा फोटो पत्रकारिता तालिम पहिलेदेखि नै सञ्चालन गरिरहेको छ । साथै, केन्द्रले अनलाइन पत्रकारिताको क्षेत्रमा पनि काम गर्नेछ ।