Text Size

नेवापसको २४ औं वाषिर्क साधारण सभा

पीडीएफPrintइमेल

There are no translations available.

नेपाल वातावरण पत्रकार समूहको २४ औं वाषिर्क साधारण सभा असोज ३० गते सम्पन्न भयो । साधारण सभाले धु्रब बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा अर्जुन ढकाल, महासचिवमा सुबोध गौतम, सचिवमा प्रगति शाही, कोषाध्यक्षमा पिताम्बर सिग्देल चयन हुनुभएको छ । नयाँ कार्यसमिति सदस्यहरुमा गोपाल तिवारी, नारायण सापकोटा, सोमनाथ लामिछाने, पू ण्हरि अमात्य, दीपक दाहाल, शशि चालिसे, डा. राजेन्द्र ज्ञवाली र डा. टंक प्रसाद बाराकोटी हुनुहुन्छ । महासचिव बाहेक सबै पदाधिकारीहरु निर्विरोध निर्वाचित हुनुभएको थियो ।

साधारण सभाले महासचिव टीकाराम र्राई र कोषाध्यक्ष सुबोध गौतमले पेस गर्नुभएको वाषिर्क प्रतिवेदन पनि पारित गरेको थियो । त्यसैगरी लेखा समितिकी संयोजक निर्मला शर्माले पनि समितिको प्रतिवेदन साधारण सभा समक्ष पेस गर्नुभएको थियो । यसैगरी समूहको साधारण सभाले टीकाराम र्राईको संयोजकत्वमा डा. रवि शर्मा अर्याल र हरिकला अधिकारी सदस्य रहेको लेखा समिति पनि गठन गरेको छ ।

साधारण सभाको समापनको क्रममा समूहका पूव अध्यक्ष आदित्यमान श्रेष्ठले २००८ को वातारण पत्रकारिता पुरस्कार गोर्खा एफएमका पत्रकार नविन अर्याललाई प्रदान गर्नुभयो ।२५ हजार रुपियाँ र प्रमाणपत्र सहितको यो पुरस्कार वातावरणका विषयमा आम सञ्चारका माध्यमबाट वकालत गर्ने सञ्चारकर्मीलाई हरेक वर्षप्रदान गर्दै आएको छ ।

साधारण सभाको समापनमा बोल्दै अध्यक्ष धु्रब बस्नेतले समूहलाई अझ सशक्क्त रुपमा अघि बढाउन सबैको सहयोगको अपिल गर्नुभयो ।