Text Size

वातावरण पत्रकारिताका दुई दशक

पीडीएफPrintइमेल

नेपाल वातावरण पत्रकार समूह (नेफेज) वातावरण, दिगो विकास र सामाजिक मुद्दाहरुलाई उठाएर जनमत तयार गर्ने र जनचेतना अभिबृद्धि गर्ने कार्यमा संलग्न गैर सरकारी संस्थाहरु मध्ये अग्रणी संस्था हो ।

सन् १९८६ मा स्थापना भएपछि, नेफेजले छापा, रेडियो, टेलिभिजन र अनलाइन मार्फ वातावरण र विकास सम्बन्धि सूचनाहरु आम जनसमक्ष पुर्‍याई जनचेतना जगाउने, सामाजिक न्यायलाई जनसमक्ष पुर्‍याउने र स्थानीय र राष्ट्रिय तहमा संरक्षण गर्नका लागि मानिसहरुलाई प्रेरणा जगाउने कार्य गर्दै आएको छ ।

यसका प्रमुख गतिबिधिहरुलाई चार भागमा बिभाजन गर्न सकिन्छ  जुन र्सार्वजनिक सूचना, पैरवी र वकालत र वातावरणीय सञ्चार सामाग्रीहरुको पर्रबर्धन गर्ने रहेका छन् । नेफेजले आफ्नो उद्देश्य प्राप्तिका लागि वातावरण र विकास सम्बन्धि मुद्दाहरुबारे पत्रकार, सरकार, राजनीतिकर्मी, नीति निर्माताहरु र आम जनतालाई झकझक्याउने कार्य गर्छ ।

प्रजातान्त्रिक र व्यवसायिक संस्थागत संरचना रहेको नेफेजमा संलग्न प्रतिबद्ध पत्रकार र विज्ञहरुले नेपालको प्राकृतिक स्रोत, वातावरण र जैविक विविधताको संरक्षणका लागि कार्य गर्दै आएका छन् ।

नेफेजको साधारण सभा संस्थाको नीति तर्जुमा गर्ने सर्बोच्च अङ्ग हो । प्रत्येक वर्षहुने वाषिर्क साधारण सभाले तेह्र सदस्यीय कार्य समिति एक वर्षा लागि निर्वाचित गर्छ । कार्य समिति साधारण सभा प्रति जवाफदेही हुन्छ र वाषिर्क साधारण सभाले गरेका  निर्णयहरु  कार्यान्वयन गर्नका लागि जिम्मेवार हुन्छ ।

नेफेजमा पूण, सह, संस्थागत र मानार्थ गरी चार तहको सदस्यता रहेको छ । वातावरणप्रति रुची राखी वातावरणीय जनचेतना जगाउने कार्यमा आमसञ्चार माध्यम मार्फ क्रियाशील पत्रकार पर्ण् सदस्यताका लागि योग्य ठहरिन्छन् । वातावरण संरक्षणको क्षेत्रमा क्रियाशील नेपाली विज्ञ र अन्य ब्यक्तिहरुलाई सह सदस्यता प्रदान गरिन्छ । संस्थागत सदस्यता कानुनी रुपमा दर्ता भई वातावरण संरक्षण र दिगो विकासको क्षेत्रमा क्रियाशील रहि समूहको उद्देश्य प्राप्तिका लागि प्रत्यक्ष र अपत्यक्ष रुपमा संलग्न संस्थालाई प्रदान गरिन्छ । नेफेजको सफलताको लागि निरन्तर रुपमा सहयोग गर्ने ब्यक्तिलाई मानार्थ सदस्यता प्रदान गरिन्छ ।

नेफेजले लक्षित उद्देश्य अनुरुप वातावरण र जैविक विविधता संरक्षणको क्षेत्रमा पुर्‍याएको योगदान र त्यसबाट प्राप्त उपलब्धीमूलक नतिजाले यसलाई राष्ट्रिय स्तरमा मात्र नभएर अर्न्तराष्ट्रिय स्तरमा समेत परिचित गराएको छ ।

वातावरण संरक्षण क्षेत्रमा पुर्‍याएको योगदानका कारण नेफेजले थुप्रै वातावरण सम्बन्धि पुरस्कार र कदर पत्रहरु प्राप्त गरेको छ । जसले यसलाई वातावरणको क्षेत्रमा क्रियाशील नेतृत्वदायी संस्थाका रुपमा परिचित गराएको छ । नेफेज अर्न्तराष्ट्रिय प्रकृति संरक्षण संघ (आई.यू.सि.एन) र एशिया प्रशान्त वातावरण पत्रकार समूहको सदस्य र अर्न्तराष्ट्रिय वातावरण पत्रकार समूहको संस्थापक सदस्य रहेको छ ।
 

News from NEFEJ

  • 08.12.09
    There are no translations available.

    KATHMANDU: The Nepal Forum of Environment Journalists (NEFEJ) has resented the latest government decision to let the resorts operating inside Chitwan National Park (CNP) for another three years.

    With the latest cabinet decision which came by on December 1, Jungle Resorts, Temple Tiger, Tiger Tops, Naryani Safari, Chitwan Jungle Lodge, Machan and Gaida Wildlife Camp stand entitled to resume service for the next three years after paying up the outstanding revenue.

    Read more...
  • 01.12.09
    There are no translations available.

    KATHMANDU: The Climate Change Watch Program (CCWP) under Nepal Forum of Environmental Journalists (NEFEJ) organized a two day training on "climate change and adaptation" for the benefit of journalists covering climate change issues in major newspapers, radio and television.
    Read more...
  • 22.11.09
    There are no translations available.

    The Climate Change Watch Program (CCWP) under Nepal Forum of Environmental Journalists (NEFEJ) has launched a new interaction series on the hydra of climate change, its impact and adaptation measures recently.

    The new media campaign of NEFEJ, which is devoted to sensitizing the policy makers on the fallout of the rising global temperature and its resultant impact on agriculture and climatic conditions, was launched on November 4 and has been labeled as "NEFEJ Climate Series."
    Read more...
  • 27.10.09
    There are no translations available.

    KATHMANDU: The 18th congress of Asia Pacific Forum of Environmental Journalists (AFPEJ) has elected Tika Ram Rai as Vice Chair Person. He is outgoing General Secretary of Nepal Forum of Environmental Journalists (NEFEJ).

    Read more...

Visitors counter

mod_vvisit_counterThis month862
mod_vvisit_counterLast month3137
mod_vvisit_counterSince 22nd July 200921830