'पहिचानको खोजीमा धिमाल' लाई स्पेशल मेन्सन अवार्ड


नेपाल वातावरण पत्रकार समूहले बनाएको वृत्तचित्र 'पहिचानको खोजीमा धिमाल' चौथो नेपाल अन्तरराष्ट्रिय आदिवासी चलचित्र महोत्सवमा स्पेशल मेन्सन अवार्डबाट पुरस्कृत भएको छ । विराटनगरलाई केन्द्र बनाएर टेलिभिजन पत्रकारिता गरिरहेका पत्रकार मोहन मानन्धरले निर्देशन गर्नुभएको वृत्तचित्रले आधुनिकतासँगै मासिन लागेको धिमाल भाषा, संस्कृति, परम्परा तथा मेटिन लागेको जातीय पहिचानका विविध पाटालाई समेटेको छ ।
अगिल्लो बर्षो महोत्सवमा पनि मानन्धरले निर्देशन गर्नुभएको लाप्चा जातीको ज्ञान र परम्परालाई समेटेर बनाएको वृत्तचित्र 'लाप्चा' प्रदर्शन गरिएको थियो । यही असार ११ देखि १३ गतेसम्म काठमाडौंमा आयोजना गरिएको चलचित्र महोत्सवमा राजेन्द्र सिंह कुँवरले निर्देशन गर्नुभएको वृत्तचित्र 'व्याँसी/शौका' समेत प्रदर्शन गरियो । सुदुर पश्चिमको नेपाली भूभागमा बसोबास गर्ने र भारत तथा चीनमा समेत व्यवसाय गर्ने व्याँसीहरुको जीवनलाई समेटेर नेपाल वातावरण पत्रकार समूहले यो वृत्तचित्र तयार पारेको हो ।
संस्कृति, परम्परा र ज्ञानलाई समेटेर तयार पारिएका यस्तै १४ वटा वृत्तचित्रहरु कार्यक्रम आँखीझ्यालमा प्रसारण भैसकेका छन । नेपाली समाजमा रहेका र मासिन लागेका विभिन्न जातजातिका परम्परागत ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न र संस्कृति तथा परम्पराका राम्रानराम्रा पक्षमा बहस चलाउन आँखीझ्यालमा 'हाम्रो संस्कृति हाम्रो परम्परा' श्रृङ्खला अन्तरगत यी वृत्तचित्रहरु तयार पारि प्रसारण गरिएका हुन ।
 |
 |
| Stills from Video |